Wednesday, October 9, 2024

आज प्रधानमन्त्रीलाई इलाममा अभिनन्दन

spot_img

२० पुस, इलाम । इलाम नगरपालिकाको आयोजनामा शुक्रवार हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ ।

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

लगानी सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं. १ का मुख्यमन्त्री, प्रदेश तथा सङ्घीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगी–व्यवसायीको सहभागिता रहने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय