Tuesday, October 8, 2024

सिन्धुपाल्चोकमा आइतबार बिहान भुकम्पको पराकम्प

spot_img

८ पुष, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव  ७ रेक्टर स्केलको परकम्प गएको छ । आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्पको धक्का उपत्यकामा पनि महशुस गरिएको थियो । केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो । ठूला भूकम्प गइसकेपछि लामो समयसम्म यस्ता परकम्प आइरहने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।

यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय