Tuesday, October 8, 2024

ईपीएल क्रिकेटः भैरहवा र चितवन भिड्दै

spot_img

४ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटर राउण्डमा आज भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

टियु क्रिकेट मैदानमा आज एक बजे हुने खेलमा दुबै टिम जितको खोजिमा हुने छन् । लिगमा तेस्रो भैरहवा र चौथो चितवन हुदै प्लेअफमा पुगेका थिए ।

लिग राउण्डमा भने चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा त्यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । यता, चितवन भने बदला लिने लक्ष्यमा छ ।

विजेता टिम दोस्रो क्वालिफयर राउण्डमा प्रवेश गर्ने छ । दोस्रो क्वालिफायर राउण्डमा काठमाडौं किंग्ससँग प्रतिस्पर्धा गर्दै फाइनल प्रवेश यी दुई टिमले गर्ने छन् ।

काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर प्याट्रिएटस भने ईपीएलको फाइनलमा प्रवेश गरिसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय