Tuesday, October 8, 2024

सप्तरीमा एक महिलाको शव फेला

spot_img

२८ मंसिर, सप्तरी । सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर ४ फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

कदमाहा चोकस्थित पूर्व पश्चिम राजमार्गबाट २ सय मिटर उत्तरतर्फ अन्दाजी २२ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको शव नजिक छेउमा गहुँमा छर्किने विषादी फेला परेको बताउनुभयो ।

त्यस्तै एउटा मोबाइलसमेत फेला परेको एसपी विष्टले जानकारी दिनुभयो ।  महिलाको मृत्यु वा हत्या के भएको हो भन्ने प्रस्ट नभएको तथा घटनाको थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिनुभयो ।

मृतक महिलाको शव पोष्टमार्टमसका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय