Monday, October 7, 2024

भारतीय ट्रकले ठक्कर दिँदा बाबु र छोराको ज्यान गयाे

spot_img

२५ मंसिर, झापा । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको ज्यान गएकाे छ ।

ठक्करबाट मोटरसाइकलमा सवार दुवैको ज्कोयान गएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९, का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् ।

ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक एक्तेनले बताउनुभयो ।

एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय