Wednesday, October 9, 2024

सुधागरगृह भित्रै युवक माथि यौन दुराचार

spot_img

२५ मंसिर,काठमाडौं । सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ ।अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई फक्राउ गरेको । उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए ।प्रहरीले ढुंगानाविरुद्ध बाल यौन दुराचार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सुधारगृहमा यौन दुराचार हुने गरेको भेटिएको बताए । ‘अमानवीय व्यवहार गरिएको भन्दै सुधारगृहविरुद्ध उजुरी परेपछि हामीले २१ जनालाई उद्धार ग-यौँ ।

अनुसन्धान गर्दै जाँदा सुधारगृहमा यौन दुराचार हुने गरेकोसमेत खुल्यो । सुधारगृहका एक कर्मचारीले नौ महिनादेखि एक बालक र अर्का युवकमाथि यौन दुराचार गर्ने गरेको खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

रुपन्देही सिद्धार्थनगर–१२ निवासी ३२ वर्षीय सन्तोष घिमिरेले सञ्चालन गर्दैै आएको सुधारगृह प्रहरीको छापापछि अहिले भने बन्द छ । सुधारगृहमा १४ वर्षदेखि ७० वर्ष उमेरसम्मका डाक्टर, इन्जिनियर, प्राध्यापक र विद्यार्थी आश्रित थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय