२४ मंसिर, सुनसरी । सुनसरीको कोशी गाउँपालिका –७ मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको ज्यान गएको छ ।
आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । यो क्रममा डकैती गर्न आएको समूहको अन्दाजी ३०–३५ वर्षका एकजना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
अन्य व्यक्तिहरु भने भारतीय सीमातर्फ भागेको र घटनास्थलबाट दुईवटा हतियार गोली लोड भएको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो । भारततर्फबाट उनीहरु आपराधिक क्रियाकलाप गर्नका लागि नेपालतर्फ आएको हुनसक्ने प्रहरीको अनुमान छ ।