Wednesday, October 9, 2024

भुटानी शरणार्थी शिविरमा आगलागी

spot_img

२३ मंसिर,मोरङ  । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गएराति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं. १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइ पसल जलेर नष्ट भएको हो ।

पसल पुरै जलेर नष्ट हुँदा एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी दिए ।दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय