Wednesday, October 9, 2024

नवजात शिशुको शव फेला

spot_img

१६ मंसिर, इलाम । इलाम नगरपालिका-३ पुवाझुवास्थित अधेरे गाउँमा नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालिएको अवस्थामा शुक्रबार बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शिशु जन्माएर फालेको शंकामा प्रहरीले इलाम नगरपालिका-९ फिक्कलकी २५ वर्षीया सावित्रा मुखियालाई नियन्त्रणमा लिएको छ । फिक्कलबाट पुवामझुवा आफन्तकोमा गएको बेला जन्मिएको शिशु बारीमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मुखियालाई रक्तश्राव भइरहेकाले उपचारको लागि अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । मुखियाको स्वास्थ्य अवस्था कमजोर भएकाले प्रहरीले प्रारम्भिक बयान मात्रै लिएको जनाएको उनले बताए ।

शिशु जीवितै जन्मिएको हो या मृत जन्मिएको हो भन्ने पत्ता लगाउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय