Wednesday, October 9, 2024

धादिङमा बसको ठक्करबाट एक जनाको मृत्यु

spot_img

१६ मंसिर, धादिङ । धादिङमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दिङबाट काठमाडौं जाँदैं गरेको बा ३ ख ८३९५ नम्बरको बसको ठक्करबाट बा ३६ प ८३५७ मोटरसाइकलमा सवार व्यक्तिको ज्यान गएको हो । मृतक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारी रहेको प्रहरीले जनाएको छ ।

 

थाक्रे गाउँपालिका–६ दशकिलामा ठक्कर दिँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमै सवार अर्का १ व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शन समेत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय