Tuesday, October 8, 2024

इलाममा कम उमेरमा गर्भपतन गराउने संख्या ६ प्रतिशत

spot_img

२९ कात्तिक, इलाम । इलाममा १८ वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने संख्या ६ प्रतिशत रहेको सुरक्षित गर्भपतन सेवाको विस्तारमा काम गर्दै आएको आइपास नेपालको तथ्यांकले जनाएको छ ।

‘१८ वर्षभन्दा मुनि १६, १४ वर्षका समेतले सेवा लिएका छन् ।’ आइपास नेपालका केदार भण्डारीले भने, ‘सुरक्षित मातृत्व तथा प्रजनन अधिकारमा कम उमेरमा गर्भपत गर्न नपाउने भन्ने छैन । गत तीन वर्षमा इलाममा पाँच हजार सात सय ४७ जनाले गर्भपतन गराएका छन  ।

तीमध्ये १८ वर्षभन्दा कम उमेर समुहमा गर्भपतन गराउनेको संख्या तीन सय ४० को हाराहारीमा रहेको छ ।

१८ वर्षभन्दा कम उमेरको महिलाले गर्भपतन गराउँदा नातेदारको मञ्जुरी समेत लिनुपर्छ । गर्भपतन गर्न मञ्जुरी दिने नातेदार नभएमा स्वास्थ्यकर्मीले महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिनसक्ने व्यवस्था छ ।

इलामका १८ वटा सरकारी स्वास्थ्य संस्थामा गर्भपतनको सेवा छ । परिवार नियोजन संघ र मेरी स्टोप्ससहित गर्भपतन गराउनेको स्वास्थ्य संस्था २० वटा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय