Wednesday, October 9, 2024

आफ्नै छोरी बलात्कारको आरोपमा युवक पक्राउ

spot_img

२६ कात्तिक, मोरङ । कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

१४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका युवक पक्राउ परेका हुन् ।

श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।

किशोरीले उक्त घटना हजुरआमालाई सुनाएकी थिइन् । त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय