Wednesday, October 9, 2024

तनहुँमा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते (फोटो)

spot_img

२५ कात्तिक, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली डुम्रेसडक खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

तनहुँको भिमादबाट नारायणघाटतर्गफ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस घाँसिकुवा नजिकै सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुर्घटनाका अधिकांश घाइते गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको दमौलीमा रहेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा केही यात्रु बसले च्यापिएका कारण क्रेनको माध्यमबाट घाइतेको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय