Monday, November 25, 2024

ग्यास बुलेटको ठक्करबाट धादिङमा दुईजना पैदल यात्रीको मृत्यु

spot_img

२५ कात्तिक, धादिङ । धादिङको रोराङ गाउँपालिका-५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ । यूपी७५एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका-५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैदल यात्रुलार्इ ठक्कर दिएको ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ । ग्यास लिक भएर आगआगी हुनसक्ने भन्दै घटनास्थल सुरक्षित पारिएको प्रहरीले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय