Wednesday, October 9, 2024

पिसाब पोल्ने समस्याका घरेलु समाधान

spot_img

१४ कार्तिक, सुरुङ्गा । पिसाब खुलेर नआउने वा कम आउनाले पिसाब पोल्ने गर्दछ । विभिन्न यौनरोगको संक्रमणबाट कुनै विष वा कडा औषधिका कारण मिर्गौला वा पिसाब नली वा पत्थरीका कारण पिसाब पोल्ने गर्दछ । पिसाब पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प ्रकार रहेका छन ।
१. बोटैमा पाकेको अर्गानिक आँप १ हप्तासम्म दिनको दुईवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२. गाँजरको रस साँझ बिहान १–१ गिलास सेवन गर्नाले पिसाब पोल्न कम हुन्छ ।
३. दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाब पोल्न कम हुन्छ ।
४. पिसाब पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
५. हर्रो, बर्रो र अमलाचूर्ण एक गिलास पानीमा बेलुका भिजाइ बिहानबिहान सेवन गर्ने गरेमा पनि पिसाब पोल्न कम हुन्छ ।
६. दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो, बर्रो र अमलाचूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा
पिसाबसम्बन्धी धेरै बिरामी निको हुन्छ ।
७. हरेक दिन साझबिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाबसम्बन्धी रोग निको हुने गर्दछ ।
८. तरकारीमा मेथीको साग सेवन गर्दा पिसाब पोल्ने समस्या कम हुन्छ ।
९. फलफूलमा आलुबखडा, अंगुर, पाकेको आ ँपको रस सेवन गर्नाले पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय