Wednesday, October 9, 2024

धानको कुन्युमा अज्ञात समूहद्वारा आगजनी

spot_img

१२ कात्तिक, नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–१, बेलुवामा गएराति अज्ञात समूहले भित्र्याउन ठिक्क पारिएको धानको खराई (कुन्यु) मा आगजनी गरेको छ ।

हुप्सेकोट–१, बेलुवाका तीलाराम लम्सालको धानको खराईमा आगजनी भएको हो । गएराति आगगनी भएको र प्रहरीलाई बिहान मात्र खबर आएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

आगजनीबाट १५ कट्ठा खेतको झन्डै ४५/५० मुरी धान क्षति भएको प्रहरी भनाइ छ ।

आगो लगाइदिने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय