१२ कार्तिक, सुरुङ्गा । पछिल्लो केहि दिन देखी प्रदेश नम्बर १ साथै देशैभरी चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको हो । तापक्रम घटेकाले चिसो महसुस गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ ।
केही दिनयता देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज धनकुटाको न्युनतम तापक्रम १२ दशमलब ८ डिग्रि सेल्सीयस रहेको छ भने अधिकतम तापक्रम २६ दशमलव १ डिग्री सेल्सियस रहेको छ त्यसैगरी विराटनगरको न्युनतम तापक्रम १८ दशमलब शून्य डिग्री सेल्सीयस र अधिकतम तापक्रम ३२ दशमलब पाँच डिग्री सेल्सियस रहेको छ ।
आज मुलुकभरकै सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस रहेको छ ।