Monday, October 7, 2024

कनकाई नगर मगरको सभा सम्पन्न

spot_img

११ कात्तिक, कनकाई । नेपाल मगर संघ कनकाई नगर समितिले शनिबार तिहारको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

झापामको पर्यटकीय क्षेत्र जामुनाखाडी तथा जामुनाबारी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा विभिन्न जातजाति, भाषभाषी, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने अधिकांश वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष पर्शुराम गिरी, वडा नम्बर ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया वडा नम्बर ४ का वडाध्यक्ष गोविन्द पौडेल, जामुनखाडी तथा जामुनाबारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला, सुकेडाँगी सामुदायिक वनका अध्यक्ष भक्तबहादुर
पौडेल, समाजसेवी शेरबहादुर थापा, इन्द्र मगर, गीतकार तथा संगीतकार शिवशंकर थापा, सूर्यबहादुर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । नेपाल मगर संघ कनकाईका अध्यक्ष राजकुमार आले मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मेघराज मगरले गरेका थिए भने सञ्चालन उपाध्यक्ष लीला थापा मगर तथा सचिव चन्द्र थापा मगरले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय