Monday, October 7, 2024

अर्जुनधारामा करेन्टको पासोमा परेर एक महिलाको मृत्यु

spot_img

१० कात्तिक, अर्जुनधारा । झापाको अर्जुनधारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ स्थित दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार भक्तबहादुर शेर्मा (लिम्बू)ले जंगली हात्तीबाट जोगिन आफ्नै घरवरिपरि करेन्टको पासो थापेका थिए । बिहीबार राति घरबाट बाहिर निस्किएकी उनकी श्रीमती अनुलाई सोही तारले करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनलाई बचाउन जाँदा उनकी बहिनी सुस्मिता लिम्बू समेत घाइते भएकी थिइन् । करेण्ट लागेर दुबैजना घाइते भएपछि उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो ।

अनुको उपचारको क्रममा मृत्यु भएको हो । सुस्मिताको उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय