Tuesday, October 8, 2024

१० लाखको पटकासहित एक भारतीय पक्राउ

spot_img

९ कात्तिक, सुनसरी । धरानमा २१ बोरा पटकासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । बिहिबार बिहान धरान उपमहानगरपालिका–१० धर्मपथमा भाडा कोठामा लुकाएको पटकासहित भारतको पूर्णियाका पाण्डव भन्ने राजकुमार दास, अररियाका अरबिन्द देव र मध्येपुराका
दिलिप देवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

स्थानीयले दिएको सुराकीका आधारमा छापा मार्दा तिहारका लागि बेच्न ल्याइएको करिब १० लाख रुपैयाँबराबरको विभिन्न प्रकारका २१ बोरा पटका पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका इञ्चार्ज डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।

भारतबाट के रा बोकेको मालबाहक ट्रक भित्र पटका लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराधस ंहिताको विस्फोटक पदार्थ कसुरअन्तर्गत सामान्य विस्फोटक पदार्थ बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय