Sunday, October 6, 2024

मोरङ्गमा ७० वर्षिय वृद्धा र १३ वर्षिय बालिका बलत्कृत

spot_img

रंगेली । बलत्कारीलाई फासी दिनुपर्ने माग सहित आवाज उठी रहेको अवस्थामा मोरङ्गमा ७० वर्षिय वृद्ध महिला र १३ वर्षिय बालिका बलत्कृत भएकी छिन । मोरङ्ग बेलबारी ५ घर भई छोरीको घर रंगेली नगरपालीका वार्ड नं.२ जलियाटोल पाहुना आएकी वृद्ध महिलालाई स्थानिय ६० वर्षिय सुन्दरलाल झागडले घरेलु मदिरा सेवन गराई बलत्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए । झागडले ति वृद्धलाई पाहुना आएकै छोरीको घरको भान्सा कोठामा रक्सीले मताएर विहान ९ बजे र दिउसो ३ बजे करणी गरेको पिडीत वृद्ध महिलाले उजुरी गरेकी छिन् । प्रहरीले झागड लाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा चलाईएको छ । त्यसैगरी मोरङ्ग धनपाल गाऊपालिकामा एक १३ वर्षिय बालिका बलतकृत भएकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाऊपालिका ४ बस्ने १९ वर्षिय भालु भन्ने महेश चौधरीलाई बलत्कारको आरोपमा पक्राउ गरेको छ । चौधरीले ति बालिकालाई स्थानिय बोडिङ्ग स्कुल छेऊ एकान्त ठाऊमा ललाई फकाई लगी जवरजस्ती गरेको प्रहरी निरिक्षक कार्कीले बताए । प्रहरीले चौधरीलाई समेत नियन्त्रणमा लिई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय