Tuesday, October 8, 2024

चालकले मोवाइलमा कुरा गर्दा इलाममा जीप दुर्घटना, १ को मृत्यु, ११ घाइते

spot_img

कार्तिक ७, बुधबार । इलामको देउमाईमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २६५७ नम्बरको जीप इलामको देउमाई नगरपालिका १ को देउमाईमा दुर्घटना भएको थियो ।

मंगलबार भएको दुर्घटनामा पाँचथर,राँके बजारका ३५ वर्षीय चन्द्र बहादुर दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जीपमा रहेका अन्य ४ बालबालिकासहित ११ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेहरूमा झापा सतासीधाम नगरपालिका १ का १३ वर्षका आवाज धिमाल र आयुष धिमाल, १४ वर्षका अपिसय धिमाल र झापा भद्रपुर नगरपालिका–६ का १८ वर्षका निर्मला आचार्य रहेका छन् । यस्तै झापा सतासीधाम नगरपालिका १ का ५३ वर्षका लक्ष्मीप्रसाद चेम्जोङ, विर्तामोड नगरपालिका–६ की ३६ वर्षकी रिया राजवंशी, विर्तामोड–४ की ४१ वर्षकी आशा राजवंशी, अर्जुनधारा नगरपालिका–११ का २४ वर्षका युवराज पुरी, पाँचथर राँकेबजारका ३३ वर्षका मनकुमार नेपाली र परिचय नखुलेका एक जना पुरुष घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको इलाम जिल्ला अस्पताल इलाममा उपचार भइरहेको बताइएको छ ।

इलाम घर भएका चालक बिपिन भुजेलले मोबाइलमा कुरा गर्दै सवारी चलाएकोले जीप दुर्घटनामा परेको घाइतेहरूले बताएका छन् । चालक भुजेलले भने दुर्घटना हुन लाग्दा आफूलाई केही थाहा नभएको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय