Monday, July 8, 2024

पर्देशीको दशै

बिबेक सङ्ग्रौला ।

कथा । आजको दिन यसै यसै खल्लो लागिरहेको थियो केहिमा पनि मन लाग्न सकेको थिएन, न काममा जाने रहर थियो न कुनै उत्साह, हालात जस्तो भए पनि बाध्यता थियो पसिना संग रुपयां साट्ने ।

“मन तेसै धुम्मिएको दिन झै भएको थियो”

न बेलुकी खान मन लाग्यो !
न कोहि इस्ट मित्र संग केहि बोल्न !
यसै यसै टोलाउदै बसिरहे झ्याल बाट बाहिर हेर्दै !
रमझम शहर, जिवनको ब्यस्तता, अनि त्यही बयस्तता बाट खोजेको मान्छेले सफलताको बिन्दु ।

यतिकैमा मेरो टोलाइलाइ भङ्ग गर्दै चिसो हावाको झोकाले मलाई हान्यो, झसङ्ग भए । यस्तै कुरा मनमा खेलाउदा खेलाउदै रातको ११ बजि सकेछ ।

भोलि ६ बजे बाट ड्युटी जानू छ, अब सुत्न पर्छ,
अब सुत्न लाई ध्यानाकर्षण गराउन थालियो, मगजलाइ तर, आफ्नो दिमागले सोचे जस्तो काहा हुदो रैछ र !
जब दिल बेचैन भइदिन्छ, यस्तै यस्तै कुराहरु खेलाउदा खेलाउदै कतिबेला निन्द्रा परेछ थाहै भएन ।

हरेक रात संगै बितेका बात बितिजान्थे तर त्यो रात त्यस्तो भएन ।

सपनीमा बितेका बात फिलिमको रिलमा झै आखाको सामु नाचिरहे छर्लङ्ग श्र्ब्य दृश्यको साथमा ।

आज फेरि माथी डाडा सल्लाको अजङ्गको बरको रुख ढल्यो जहाँ हामी मेलापात गर्दा भारी बिसाउने गर्थेउ ।
यतिकैमा काल्ना तल तिरको बाटोमा खै के भेएको मान्छेहरुको भिड एकतृत भएको थियो, मान्छेहरुमा खैला बैला मच्चिएको थियो ।

कोहि भन्दैथिए “यस्तै हो दैबको लिला, भावी संग कस्को के नै लाग्छ र”!

कोहि भन्दैथिए “कठै! रमाइलो गर्ने उमेर लाउला खाउला भन्ने बेलामा टपक्कै टिप्यो पापी दैबले!”

त्यही भिडमा मैले मेरि आमा देखे, अलि मजाले नियालीन केही बोल्न नपाइ मुर्क्षित परिन ! म आतिए ! फेरि खैला बैला मचियो ।
कसैले आमाको हात पाउ मुसार्दिए, कोहि पानी ल्याएर छम्किन थाले, तर यो सब बाट भयभित भएको म !
म कहाँ थिए आफुले आफैलाउ खोज्न थाले ।
म त्यही भिडमा बल्ल होस खुल्दै मेरि आमाको अघाडी मुर्क्षित भएर लडेको थिए ।

थाहा पाए मुर्क्षित भएर यसै लडेको म बल्ल थाहा पाए म मरेको थिए ।

म आत्तिए सास फेर्न गाह्रो भयो केही गर्हौ चिजले थिचे झै भयो, कसैले यसरी समायो म निशासिए ।

बिचलित भएको म एक्कसी आमा भन्दै बिउझिए ! शरीर भरी पसीनै पसीना घााँटी सुकेको थियो अब फेरी भित्र बाट उकुसमुकुस भएर आयो ।
लौन, दशैको छेक गाउमा घरमा केही भयो कि?
घरमा आमा के भयो कुन्नी !

“बिदेशिनु रहर थिएन बाध्यता भैदियो !
फुकाउनु थियो साहुको ऋणको पोको ,
अनि आमाको मुहारमा खुसी देख्ने धोको”

यसैका लागि हर दिन म आफ्नो जवानिलाइ पैसामा बेचेर खुसिहरु किन्दै थिए ।

मन बेचैन थियो मिर मिर उज्यालो भयो घरमा फोन लगाए उठेन । अब झन उकुसमुकुस भएर आयो ।
फेरि फोन लगाए ५-६ पटक गरिसकेपछी मात्र फोन उठ्यो ।

बुढेली आवाज आयो । हेल्लो !
म – हेल्लो आमा, नम्स्कार ! के छ खबर?
घर गाउँ सबै के छ खबर ?

यति नसोधी मन थिर भएन ।
आमाले नि सबै ठिकै भएको बताउनु भयो ।
सपनाको कुरा गर्न मन लागेन, बुढा बुढी मान्छे पिर लिने हो कि मनमा लाग्यो ।
अनि फेरि मैले सोधे – आमा अनि दशै कस्तो आयो त ?
दशै त हरेक साल आउँछ बाबू, त पो आउदैनस त, आमाले भन्नू भयो !
म निसशब्द भए । भित्र कतै दुख्यो । गलामा केही अड्किएझै भयो । आवाज आएन, मानौ जन्म यता मेरो मुख बाट एक शब्द नै निस्केको छैन । आखाका डिल टिलपिल भए ।
फोनमा बोल्न केही सकिन । एक छिन मौन रहे दशै तिहारका बखत हुने रमाइलो, देउराली, चैतारी,डाडा पाखा,चोक ,साथिभाइ घरपरिवार सबै एकै पटक समुन्ने आए र पलभर मै बिलाएर गए ! मन थामे आसुलाइ मरुभुमिको तातो हावामा सुकाउदै ओठमा फुस्रो मुस्कान लिए र भने आमा यसपाला यस्तै भयो छुट्टी मिलेन सायद पैसा नि बडाइदिन्छ क्यार यति नभन्दै गला रोकिएला झौ हुँदै आयो एकै सासमा भनिहाले आमा पैसा सकिएछ पछि फोन गर्छु है ।
फोन राख्न नपाउदै मन भक्कानियो आँखा भरिए पर्देशिएको उदास मन लिदै बेरङ्ग हासो अनुहारमा लिएर सदाझै आफ्नो नित्य कर्म गर्न थाले ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय