Tuesday, October 8, 2024

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

spot_img

३० असोज, उदयपुर । निर्माणाधीन मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार गाईघाट–नेपालटार सडकखण्डको कौवाईमा स ८ प ९८०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रियुगा–१३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको मृत्यु भएको हो ।

घाइते सोही नगरपालिकाको वडा नं. १३ का ४५ वर्षीय कुलबहादुर थापा गम्भीर घाइते छन्। रौतामाई गाउँपालिका–७ मुर्कचीबजारबाट त्रियुगा–१३ मा रहेका घरतर्फ आउने क्रममा कौवाईखोलामा लगाइएको काठेपुलबाट मोटरसाइकल चिप्लिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई प्रथामिक उपचारपछि विराटनगर पठाइएको छ। सर्वसाधरण आवतजावत गर्नका लागि बनाइएको काठेपुल पछिल्लो समय राजमार्गले तलबाट सडक बनाएपछि प्रयोग विहीन बनेको थियो। त्यही पुल प्रयोग गर्नेहरु वेलाबखत दुर्घटनामा पर्ने गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय