Monday, October 7, 2024

स्थानीयको विरोधपछि हट्यो सडक बत्ती र दमकलको सेवा शुल्क

spot_img

३० असोज, इलाम । इलाम नगरपालिकाले सडक बत्ती र दमकल प्रयोग गरे वापत लिँदै आएको सेवा शुल्क अबदेखि नलिने भएको छ । स्थानीयको विरोधपछि नगरपालिकाले सडक बत्ती र दमकलको सेवा शुल्क खारेज गरेको हो ।

यस्तै नगरपालिकाले विभिन्न शीर्षकमा लिँदै आएको करको दर पनि घटाएको छ । नगर कार्यपालिकाको बैठकबाट करमा पुनरावलोकन गरिएको नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिनु भयो ।

करको पुनरावलोकन गर्न बनाइएको समितिले प्रतिबेदन बुझाएपछि बैठक बसेर विभिन्न शीर्षकका करको दर घटाइएको उहाँले बताउनुभयो । नगरपालिकाले एकिकृत सम्पत्ति करमा सडक बत्ती र व्यवसाय करमा दमकलबाट लिँदै आएको २०/२० प्रतिशत सेवा शुल्क खारेज गरेको छ । भूमिकरमा समेत फेरबदल गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै इलामनगरपालिका भित्रका स्वास्थ्य संस्थामा प्रसुती गराउन आउने नगरभित्रका महिलाहरुलाई यातायात खर्च बापत एक हजार रुपैंयाँ उपलब्ध गराईने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले स्वास्थ्य संस्थामा प्रसुती गराउदा दुई हजार रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आइरहेको समयमा इलामनगरपालिकाले नगरबासिका लागि थप एक हजार रुपैंयाँ दिने निर्णय गरेको हो । नगर कार्यापालिकाले गरेको निर्णयहरु आउँदो कात्तिक १ गतेबाट लागू हुने नगरपालिकाका मेयर बस्नेतले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय