Monday, October 7, 2024

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । शनिबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेका बाँस्तोलाको राति ९:२० मा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।
प्रवक्ता शर्माले कान्तिपुरसँग कुरा गर्दै नेता बाँस्तोलाको निधन भएको पुष्टि गरे।
उनले सामाजिक सञ्जालमा नेता बाँस्तोलाको निधनबारे ट्वीटसमेत गरेका छन्। ‘अन्तत चक्र दाइ जानू भयो !!!! अहिले भर्खरै रातिको ९.२० मा नेपाली कांग्रेसका अग्रज नेता चक्रप्रसाद बांस्तोलाको निधन भएको छ। उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा !!’उनको ट्वीटमा भनिएको छ ।

शनिबार अपराह्न नै विभिन्न मिडियाले बाँस्तोलाको निधन भएको समाचार प्रकाशित गरेकोमा हतार नगर्न प्रवक्ता शर्मालेआग्रहसमेत गरेका थिए।
६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले कान्तिपुरलाई अपराह्न भनेका थिए, -‘शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ। अस्पतालका डाक्टर साढे २ बजे ब्रेन र हर्टले काम गर्न छाडेको, फोक्सोमा पानी जमेको भन्दै ‘नो मोर क्लिनिकल्ली डेथ’ भनेर पठायो।’ ‘शरीरमा अक्सिजनको मात्रा रहुञ्जेल घोषण गर्न नमिलेको हो ‘ उनले भने।
बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए।
…….. अपडेट
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था ‘क्रिटिकल’ बनेको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलाको अवस्था शनिबार दिउँसोदेखि क्रिटिकल बनेको हो।

नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले कान्तिपुरलाई भने, ‘शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ।अस्पतालका डाक्टर साढे २ बजे ब्रेन र हर्टले काम गर्न छाडेको, फोक्सोमा पानी जमेको भन्दै ‘नो मोरक्लिनिकल्ली डेथ’ भनेर पठायो।’ ‘शरीरमा अक्सिजनको मात्रा रहुञ्जेल घोषण गर्न नमिलेको हो ‘ उनले भने।
बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवासपुगेका थिए।
२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसयता उनी अचेतको अचेत ढलिरहेकाछन्। कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो।
उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए। बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन्। चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन। दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला। उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय