Tuesday, October 8, 2024

जंगलमा लगेर किशोरीको सामुहिक बलात्कार

spot_img

२५ असोज, बुटवल । रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजेको हो । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।

जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ । घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय