Tuesday, October 8, 2024

तीन महिनादेखि हराएका बालकको कङ्काल भेटियाे

spot_img

१२ असोज, हुम्ला । तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।

गएको साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिनुभयो ।

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले रासससँगको कुराकानीमा भावुक हुँदै भन्नुभयो, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुपर्‍यो ।”

घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताउनुभयो ।

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय