Saturday, October 5, 2024

कतारमा विश्वकपको रङ्गशाला निर्माणमा खटिएका ७८ नेपाली तलव नपाएर अलपत्र

spot_img

कतारमा सन् २०२२ को विश्वकपका लागि रङ्गशाला निर्माणमा खटिएका ७८ नेपाली तलब नपाएर अलपत्र परेका छन् ।

कतारको लुसेल शहरमा रङ्गशाला निर्माणमा खटिएका नेपालीसहित भारत र फिलिपिन्सका कामदार महिनौंदेखि तलब नपाएर अलपत्र परेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशलले जनाएको छ ।

एम्नेष्टीले आज एक प्रतिवेदन सार्वजनिक गर्दै ठेकेदार कम्पनी कर्मरी मेनाले कामदारलाई महिनौंसम्मको तलब नदिएको तथा सबै सुविधाबाट बञ्चित गरी अलपत्र पारेका आरोप लगाएको छ । कम्पनीले कामदारहरुको तलव बापतको लाखौं रुपैयाँ नदिएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ को विश्वकपलाई लक्षित गरि लुसेल शहरमा ८० हजार क्षमताको रंगशाला निर्माण, पार्किङ तथा थिम पार्क लगायत निर्माणमा थुप्रै विदेशी कार्यरत छन् ।

कम्पनी मर्करी मेना प्रमुखले मुद्राको अवमूल्यनका कारण तलब दिन ढिलाई भएको बताए पनि थप प्रतिक्रिया भने नदिएको एम्नेष्टीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यता कतार सरकारका प्रवक्ताले भने रङ्गशाला निर्माण नभई ठेकेदार कम्पनी मर्करी मेनाले शहरका अन्य संरचना निर्माण गरिरहेको बताएका छन् ।

यससम्बन्धमा विश्व फुटवलको सर्वोच्च निकाय फिफाले यो प्रसंग विश्वकपसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ । कामदारको अधिकार उल्लंघनको घटना र फिफा विश्वकपबीच कुनै सम्बन्ध नभएको फिफाका प्रवक्ताको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय