Monday, October 7, 2024

दशैंको कपडा बाटोमै छ ! प्रकृतिले नै साथ दिएनः अध्यक्ष पौडेल

spot_img

१० असोज, काठमाडौं । चीनबाट हुने आयातलाई प्रकृतिले समेत साथ नदिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल बताउँछन् । केही समय अघि गएको पहिलोले चनिबाट सामान बोकेर आउने र नेपालबाट जाने ट्रक तथा कन्टेनर बाटोमै रोकिँदा व्यापारमा प्रत्यक्ष असर परेको पौडेलले बताए ।

‘तातोपानी नाका पनि बन्द थियो । केरुङ नाका पनि समयसमयमा पहिरोका कारण अवरुद्ध हुनपुग्यो’ उनले भने, ‘पहिरोका कारण अवरुद्ध सडक खोल्न निकै समय लागेका कारण विगतको जस्तो सामान आयात हुन सकेको छैन ।’

दशैं अगाडि नै आइपुग्नुपर्ने धेरै कन्टेनरहरु यसपाली दशै पछिमात्रै आउने सम्भावना रहेको उनले सुनाए । उनका अनुसार दशै अगाडि २५ सयको हाराहारीमा ट्रक कन्टेनरहरु नेपाल आउनु पर्ने हो तर, अहिलेसम्म थोरै मात्रै आएका छन् ।

‘भन्सार चेकजाँच भनेको नियमित प्रक्रिया हो, जसका कारण ट्रक–कन्टेनर छुट्न समय लाग्छ’ उनले भने, ‘अहिले रोकिएका कतिपय ट्रक–कन्टेनरहरु दशैंपछि मात्रै नेपाल भित्रिने छन् ।’

उनी दाबीका साथ भन्छन्, दशैंमा व्यापार घट्न पक्का हुन्छ । महंगी बढ्नु र व्यपारीहरुले चिनियाँ सामान समयमा ल्याउन नसक्नु यसको कारण भएको उनी बताएँछन् ।

व्यापारीहरुको छाता संस्था राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवाल भने सरकारकै लापरबाहीका कारण पनि व्यापारीहरु मार्कामा परेको बताउँछन् । ‘दैनिक ५० देखि ६० वटासम्म ट्रक–कन्टेनर नाकाबाट छुट्नु पर्ने हो’ उनले भने, ‘अहिले दैनिक ६ वटा ट्रक–कन्टेनरमात्रै छुट्ने गरेका छन्, अनि कसरी हाम्रो व्यापार हुन्छ ?’ नाकाबाट सामान नआएका कारण व्यापारै गर्न नपाएर पसलमा झिँगा भन्किन थालेको उनी बताउँछन् ।

सरकारले काम गरेर खाने माहोल नबनेको भन्दै सरकारसँग गम्भीर हुन उनले आग्रह गरे ।

चीनबाट नेपाल भित्रिने नाका–नाकामा समेत सिण्डिकेट रहेको अध्यक्ष कटवाल बताउँछन् । ‘चीनबाट नेपाल भित्रिने नाकामै सिन्डिकेट छ’ उनले भने, ‘म नाम त लिन चाहान्न तर, त्यहीँ सिण्डिकेटका कारण व्यवसायीहरु मारमा परेका छन् ।’

पहिरो हटाएर बाटो खुलाउन समेत सरकारले ढिलाइ गरेका कारण समस्या उत्पन्न भएको उनी बताउँछन् । महासंघको तर्फबाट भन्सार कार्यालय, परराष्ट्र मनत्रालय, अर्थमन्त्रालयको ध्यानाकर्षण गराएपछि लामो समयपछि मात्रै बाटो खुलाएको उनको भनाइ छ । चाडपर्वका बेला २४ सैं घण्टा भन्सार हुने व्यवस्था नभएसम्म व्यवसायी मारमा पर्ने भन्दै उनले दशैंका लागि मात्रै भए पनि सरकारले २४ घण्टानै भन्सार गरेर सामान आयात गर्नुपर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय