Saturday, October 5, 2024

कनकाई नगरपालिका–१ मा जिल्ला स्तरीय सामुदायिक वन नकआउट फुटबल प्रतियोगिता हुने

spot_img

खोजमुलक । कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आउदो असोज १३ गते देखि ३० गते सम्म वन समुहको आफ्नै खेल मैदानमा सञ्चालन हुन लागेको प्रतियोगितामा झापा जिल्लाको ५९ ओटै सामुदायिक वनको सहभागिता रहने आयोजक समुहको अध्यक्ष सुर्यकुमार थापाले बताए ।
सामुदायिक वन युवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैडे आहाल प्रवद्र्धन हाम्रो चाहाना । भन्ने मुल नाराका साथ गर्न लागिएको सामुदायिक वन स्तरीय फुटबल नेपालकै पहिलो प्रतियोगिता रहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैया, दास्रो हुने टिमलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफि प्रदान गरिने बताएको छ ।
प्रतियोगिताको हरेक दिनको म्यान अफ दि म्याचलाई १ हजार नगद र अन्तिम दिन म्यान अफ दि सिरिजलाई १० हजार नगद प्रदान गरिने आयोजकले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय