Monday, October 7, 2024

एसिड आक्रमणमा परेकी सम्झना दासको उपचारकै क्रममा मृत्यु

spot_img

अर्पित

८ असोज, काठमाडौं । रौताहटको चन्द्रपुर नगरपालिका ६ मा बस्दै आएकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दास माथि गत भदौ २६ गते मंगलबार, राति सुतिरहेको अवस्थामा एसिड प्रहार भयो ।

एसीडको जलन सहन नसकि चिच्याइरहेकी सम्झना र बहिनी सुस्मितालाई सानीआमाले देखेपछि छिमेकिको साहयताबाट कीर्तिपुर अस्पतालमा ल्याइएको थियो । घटनाबारेको प्रहरी अनुसन्धानमा ठूला बुबा पर्ने ५० वर्षीय छिमेकी रामबाबु पासवानले सम्झना दासलाई पटक–पटक प्रेम प्रस्ताव राखेको तर सम्झनाले प्रेम प्रस्ताव अस्वीकार गरेको कारण गत भदौ २६ गते दिदि बहिनि सुतिरहेको अवस्थामा रातको १२ बजे एसिड प्रहार गरेका खुलेको थियो ।

बहिनी सुस्मिताको दाहिने कुम र हात तिर एसिड प्रहार भएको थियो भने एसिड प्रहार गर्नेको मुख्य निशानीमा सम्झना भएका कारण उनको अनुहार सहित छातिकोे पुरै भाग र शरीरकोे ३५ प्रतिशत भन्दा बढीे भाग एसिडले नराम्रोेस“ग जलेको थियो ।

कीर्तिपुर अस्पतालका प्लाटिक सर्जन विशेषज्ञ चिकित्सक सुरेन्द्र बस्नेत नेपालमा हुने जलनको उपचारमा ४० प्रतिशतभन्दा बढि क्षति भएकाहरुलाई बचाउन गाह्रो हुने बताउछन् । डाक्टर बस्नेतका अनुसार सम्झनाको उपचारमा हुनसक्ने सबै उपाय अपनाउदा पनि आइतबार दिउसो ३ बजे देखी अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखीएपछि राति ११ बजेर ४० मिनेटमा उनको मुत्यु भएको हो ।

बहिनि सुस्मिताको अवस्था अहिले सामान्य भएको कारण केहि दिनमै डिस्चार्ज गर्ने उनको भनाइ छ । छोरीमाथि एसिड प्रहार भएको खबर पाएपछि मलेसियाबाट नेपाल आएकी उनका आमा अपराधि रामबाबुलाई फासीको व्यवस्था गर्नु पर्ने माग गर्छिन ।

बुबा जादोलाल दास पिडामा छटपटिएकी छोरीलाई बचाउन नसेको सुनाउदै एसिड प्रहार गर्नेलाई पनि त्यस्तै सजाय दिन तथा फासिको माग गर्छन ।

सरकारका उच्चस्तरका मन्त्री र सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्था मजबुत रहेको दावी गर्दै आए पनि पछिल्ला केही महिनामा मुलुकमा बलात्कार, बलात्कारपछि हत्या, एसिड प्रहार जस्ता महिला हिंसाका घटनामा कुनै कमी आएको छैन ।

यस्ता जघन्य अपराधका दोषीलाई कारवाही गर्न विद्यमान कानून नै पर्याप्त भए पनि कार्यान्वयन पक्ष फितलो भएकाले पीडितले न्याय पाउन सकेका छैनन् ।

समयमै अपराधीलाई कानुनि कारवाहि गरी यस्ता जघन्य अपराधको न्युनिकरणकमा लाग्नु आजको आवश्यकता हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय