Monday, October 7, 2024

झापामा चार वर्षीया बालिका बलात्कृत

spot_img

८ असोज, बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकाका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन्। हल्दिबारी-१३ जलथलका २१ वर्षीय युवकले सोही छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको बस्नेतले बताए। प्रवक्ता बस्नेतका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए।

छिमेकी भएकाले बालिकाले युवकलाई मामा भन्ने भन्ने गरेकी थिइन्। सोही नाताको फाइदा उठाउँदै घुम्न गएको समयमा युवकले बलात्कार गरेको र घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेका थिए।

युवकलाई प्रहरीले आइतबार राति पक्राउ गरिएको हो। पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय