Monday, October 7, 2024

सुरक्षा कमजोरी देखिएपछि दक्षिणी सुनसरीमा सुरक्षाकर्मी फेरबदल

spot_img

८ असोज, विराटनगर । सुनसरीको हरिनगरमा भारतबाट अाएकाे अापराधिक समूहबाट गोली हानी खुर्शिद आलमको हत्या भएपछि सो भेगमा रहेका सुरक्षा युनिट फेरबदल गरिएको छ ।

गोली हानी हत्यारा सहजै फरार हुनुमा स्थानीयले सुरक्षा कमजोरी औल्याउँदै सुरक्षाकर्मीको टोली परिवर्तन हुने पर्ने माग राखेका थिए ।  हत्या घटना पश्चात जिल्ला सुरक्षा समिति सुनसरीको आकस्मिक बैठकले सुरक्षाकर्मी परिवर्तन गर्ने जानकारी गराएको थियो । सोही अनुरुप भुटाहादेखि घुस्की सम्मका सशस्त्र र नेपाल प्रहरीका युनिट परिवर्तन गरिएको छ ।

सशस्त्र प्रहरीको भुटाहा बेस क्याम्पमा डीएसपी निर्मल थापाको कमाण्डमा तत्कालका लागि ४० जनाको नयाँ टोली खटाइएको छ । त्यसैगरी बसन्तपुर र घुस्की सीमा सुरक्षा पोष्टमा समेत फेरबदल गरिएको छ । आजबाट लागु हुनेगरी प्रहरी सहायक निरिक्षक मुनिका सबै सुरक्षाकर्मी परिवर्तित हुने छन् । अधिकृत तहको कर्मचारी सरुवाको क्रममा रहेकाले सोही अनुरुपको दरबन्दी कायम हुने सशस्त्र सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी नेपाल प्रहरीको भुटाहा र घुस्कीमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मी समेत फिर्ता बोलाइएको छ । बसन्तपुर चौकीको टोलीको स्थानमा समेत नयाँ टोली खटाउन लागिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय