Sunday, October 6, 2024

महोत्तरीमा अपहरणमा परेकी आठ महिनाकी नाबालिकाको शव भेटियो

spot_img

महोत्तरी – महोत्तरीबाट अपहरणमा परेकी ८ महिने बालिका सोनाली चौधरीको शव फेला परेको छ ।

पसलबाट हराएको २० घण्टापछि बालिका मृत अवस्थामा भंगहा नगरपालिका ७ स्थित चौरीमा फेला परेको स्थानीयवासीले जनाएका छन् । सोमबार दिउँसोको समयमा खोजी गर्ने क्रममा बालिका मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

औरही नगरपालिका १ मा संचालित सिद्धान्त फेन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका ८ महिने छोरी सोनाली चौधरीलाई नचिनेको व्यक्तिले खेलाउन लैजान्छु भन्दै आइतबार साँझ अपहरण गरेका थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय