Saturday, October 5, 2024

दमकमा बिद्यार्थी समेत ‘कलगर्ल’ !

spot_img

बिभिन्न ठाउँहरुबाट उच्च शिक्षाका लागि झापाको दमक आएका कतिपय किशोरीहरु तथा रोजगारीका लागि भनेर यहाँ आएका महिलाहरु आफ्नो खर्च जुटाउनका लागि र साथीभाइको लहै–लहैमा लागेर ‘कलगर्ल’ को रुपमा काम गर्ने गरेको रहस्य खुलेको छ । यस्तै सम्बन्धबाट कुमारी आमा बनेकी एक किशोरी उपचारपछि घर फर्केको बताइएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले आफूले यस बिषयमा सूचना पाएपछि ती किशोरीको उपचारको ब्यवस्था मिलाइएको बताइन् । स्थानीय एक बिद्यालयमा कक्षा १२मा अध्ययनरत् किशोरीको यो अवस्था देख्दा आफूलाई पनि धेरै नरमाइलो लागेको उनले जनाइन् । बारम्बार आग्रह गर्दा पनि उनले यो अवस्थामा पुर्याउने ब्यक्तिको नाम बताउन चाहिनन्– उपप्रमुख अधिकारीले भनिन् ।
दमकका होटल तथा लजहरुले आफ्नो सम्पर्कमा बिद्यालय तथा क्याम्पस पढ्ने बिद्यार्थीहरु, रोजगार खोज्दै आएका तर रोजगार नपाएका युवतीहरु राख्ने र ग्राहक आएपछि फोन गरेर बोलाइदिँदा आउनेहरुलाई ‘कलगर्ल’ को रुपमा हेरिने गरेको छ । कतिपय अवस्थामा बिद्यालय तथा क्याम्पसको पोशाकमा नै समेत उनीहरु आउने गरेको बताइन्छ । दमकका होटलहरुमा यसप्रकारको गतिबिधिहरु बारम्बार भएको प्रहरीले सूचना पाए पनि बेवास्ता गर्ने गरेको र बेलामौका छापा मारेर व्यवसायीहरुसँग मोलमोलाई गर्ने गरेको भन्दै बिरोध समेत हुँदै आएको छ ।

होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालका अनुसार दमकमा कतिपय होटलहरुका कारणले सबै होटलहरु बदनाम भएकाले यस्तो कार्य रोक्नका लागि अभियान समेत चलाइएको बताए । उनले कहीं कतै दर्ता नभएका तथा कतिपय नाम चलेका होटलहरुमा समेत यसप्रकारको काम हुने गरेको आफूलाई पनि गुनासो आउने गरेको स्वीकार गरे । होटल व्यवसायीहरुले आफ्नो आचारसंहिता र कानून मान्नुपर्ने हो तर यो कतिपयले मानेका छैनन्– दंगालले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय