Monday, October 7, 2024

१० वर्षीय बालकद्वारा ६ वर्षीया बालिका बलात्कृत

spot_img

४ असोज, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका बण्डकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालक पक्राउ परेका हुन् ।

१० वर्षिया बालकले आफूलाई बलात्कार गरेको बालिकाले बताएको पीडितकी आमाले बताउनुभयो ।
‘स्कुलबाट आएपछि घरको पछाडि गएकी छोरी धेरै बेरसम्म भित्र आइन’, पीडतकी आमाले भन्नुभयो ‘पछि हेर्न जाँदा हातले थिचेर रुँदै थिई । त्यति बेलासम्म खुन पनि आएको थिएन् ।’ आमाले भन्नुभयो मैले त गर्मीले गर्दा पिसाब पोलेर दुख्यो होला भनेर हेरेँ’, ‘हेर्दा सुरुमा अलिअलि खुन देखियो । एकछिनमा उठ्दा त भूइँमा खुनको ताल परिसकेको थियो ।’

छोरीको त्यस्तो अवस्था देखेपछि ‘कसले हो भनी सोध्दपुछ गर्दा एउटा केटाको नाम लिएर उसको दाइले हो भनी’, बालिकाकी आमाले भन्नुभयो, ‘शिक्षकले भोलि आउनु भनेपछि छिमकेकै अर्को एकजनालाई सुनाए । उनले प्रहरीमा फोन गरे ।’

बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले बालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।

कञ्चनपुरमा मात्रै गएको साउनदेखि हालसम्म १७ जना बालबालिका बलात्कारको शिकार भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय