Monday, October 7, 2024

एक आन्दोलनकारी पक्राउ : सवारी सञ्चालनमा ल्याउन कोसिस

spot_img

४ असोज, हेटौडा । मुलुकी संहितामा सवारी चालकहरुका लागि प्रावधानको विरोध गर्दै चालकहरुले सवारी साधन सञ्चालन अवरोध गरेका हुन ।
मकवानपुरमा पर्ने पुर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी साधन अवरोध गरेका छन । चालकहरुले हेटौडादेखि थाहा नगरपालिकाको शिखरकोट सम्ममा सवारी चल्न दिएका छैनन ।
शिखरकोटमा सडकमा ढुङ्गा र टायर बालिएकोछ र आफुहरुलाई अपराधी सरह जेल हाल्ने कानुन आएकोले सो कानुनको विरुद्धमा आन्दोलनमा उत्रिउको चालक अनिल गुरुङले बताए ।
हेटौडाबाट एक जना लाई प्रहरीले वियन्त्रणमा लिएको छ आन्दोलनकारी लाई नियन्त्रण र पुनः सवारी सञ्चालनमा ल्याउन कोसिस भईरहेको प्रहरी नायव निरीक्षक नरेश कुमार सिहले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय