Monday, October 7, 2024

लखेटी-लखेटी महतोको हत्या, ५ जना पक्राउ

spot_img

४ असोज, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । विनयी त्रिवेणी १ का २५ वर्षीय रुपेश महतोको गएराति हत्या भएको हो ।

मादकपदार्थ सेवन गरेका पाँच जनाले उनलाई लखेट्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय पाँच जना युवालाई गएराति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका सुरज काउछासहित सागर थापा, मनोज कट्टेल, सन्तोष थापा र दिपेन रोका छन् ।

उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय