Monday, October 7, 2024

प्रदेश १ सरकारले यसरी मनायो संविधान दिवस

spot_img

३ असोज, विराटनगर । प्रदेश १ सरकारले संविधान दिवस भव्यरुपमा मनाएको छ । विराटनगरको शहिद रंगशालामा आयोजित मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बिभिन्न झाँकी, सेना प्रहरीको परेड तथा गीत नृत्य प्रस्तुत गरिएको थियो ।

समारोहमा एक नम्बर प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्वाहाङ मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्य, मुख्य न्यायाधीश, प्रदेश न्यायाधिवक्ता, न्यायाधीशहरु, पत्रकार, उद्योगी व्यापारी, कर्मचारी, खेलाडी लगायतको उपस्थिति थियो ।

संविधान दिवसलाई सफल बनाउन धिमाल, राई, लिम्बु, सतार, बाँतर, थारु, नेवार र खस समुदाय सहित बालबालिका र जेष्ठ नागरिकरुले पनि झाँकी प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेहरुलाई पुरस्कृत पनि गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन मुख्यमन्त्री राईले संविधानले नेपालीलाई प्रतिवद्ध भई मुलुकमा शान्ति, विकास र समृद्धिकालागि योगदान दिन प्रेरणा प्रदान गर्ने बताए । उनले सबैले एकजुट भएर योगदान दिन सकेमात्र देश दिगो रुपले शान्ति, बिकास र समृद्धिमा जान सक्ने बताए ।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त राष्ट्रको रुपमा परिभाषित गरेको र सबैखाले भेदभाव र छुवाछुतलाई अन्त गरेर मानव अधिकारको संरक्षण गर्न सफल भएको बताए । उनले बहुदलीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्था, मौलिक र मानव अधिकार, आवधिक निर्वाचन आदिको माध्यबाट दिगो शान्ति, शुसासनसहितको विकास र सम्वृद्धि हासिल गर्न सकिने धारणा व्यक्त्त गरे ।

एक नम्बर प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले मंगलबार अपरान्ह्र संबिधान दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित जलपान कार्यक्रम आयोजना गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय