Monday, October 7, 2024

सुरुङ्गामा झापाका नगरप्रमुखको भेला : कागजी प्रोपोजल, हातमा सरकारी अनुदान

spot_img

सुरुङ्गा । हिलोमा गाडिएर खेती किसानी गर्ने कृषक भन्दा जिल्ला र शहरबजारमा बस्ने र कागजी प्रोपोजल बनाउने कृषकको हातमा सरकारी अनुदान जाने गरेको झापाका स्थानीय तहका प्रमुखले बताएका छन ।
शनिवार झापाका १५ स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको कनकाई नगरपालिकामा भएको भेलामा सहभागि पालिकाप्रमुखहरुले यस्तो निष्कर्ष निकालेको हो ।

अझैपनि झापाका विभिन्न कृषि फर्मका नाममा आउने अनुदानहरु कगज मिलाएकै भरमा पर्ने गरेको र सच्चा कृषकहरुभने सधै उप्रेक्षित हुनु परेको कार्यक्रममा प्रमुख र प्रतिनिधिहरुको गुनासो रहेको थियो । फर्म संचालक केहि टाठाबाठाहरुले आफ्नो फर्ममा गाउभरीका गाइभैसीहरु २ दिनका लागि भाडामा लगेर बाध्ने र फोटो खिच्ने र प्रतिनिधिहरुको भ्रमण र अनुदानपछि कृषकनै लापत्ता हुने गरेकोले सरकारको कृषीक्षेत्रको अनुदान बालुवामा पानी हाल्नुसरह भएको बताए ।

गाउमा कागजी कृषि फर्म बढि भए यिनीहरुले कृषी उपज उत्पादन गर्नुभन्दा काजग मिलाएर अनुदान लिनमा जोड दिने गरेकोले झापामा ठुलो समस्याका रुपमा रहेको भनाइ थियो ।

यस वारेमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कार्यपत्रसमेत प्रस्तुत गनुभएको थियो । कार्यपत्रमा समेत झापालाई कृषिमा आत्मनिर्भर बनाएर धेरै कृषकलाई रोजगारी बनाउनुपर्ने सुझाव राखिएको छ ।

यसैविच भेलाले ओलीकै संयोजकमा ११ सदस्यीय झापा जिल्ला एकिकृत बृहद कृषि परियोजनाका लागि समिति गठन गरेको छ ।

समितिमा कनकाई गरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , गौरादह नगरपालिका प्रमुख रोहित शाह , कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , कमल गाउपालिकाकी प्रमुख मेनका काफ्ले र विषय विज्ञहरु यदु उप्रेती , राजेन्द्र उप्रेती , मेघराज तिम्सिना र वेदनिधि चापागाँई रहनुभएको छ ।

समितिले एक महिनाभित्र झापाका कृषकहरुलाई सहि अनुदान र कृषी उपजको बजारीकरणका लागि उचित कार्यक्रम बनाउने कार्यदलका संयोजक रोमनाथ ओलीले बताउनुभयो । समितिले कम्तीमा झापालाई धान , मकै र अन्य अन्नवालीमा आत्मनिर्भर हुदै वढि कृषकलाई रोजगारी दिलाइने समितिका सदस्य समेत रहनुभएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

भेलामा प्रदेशसभा सदस्य हिराकुमार थापा , अर्जुन राई , शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा , अर्जुनधारा नगरपालिका प्रमुख हरि राना , कनकाई नगरपालिकाका प्रवत्ता गोविन्द पौडेल लगायातले बोल्नुभएको थियो ।- Ko

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय