Monday, October 7, 2024

कनकाई नगरपालिकाको चर्चित वलत्कार काण्डका : अभियुक्त नेत्र तिम्सिना ५ वर्षपछि पक्राउ

spot_img

सुरुङ्गा । नशालु पदार्थ सुघाएर बेहोस पारि युवती बलात्कार गर्ने व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले झापाको कन्काई नगरपालिका–३ टप्पुकाका ४१ वर्षीय नेत्र तिम्सिनालार्इ पक्राउ गरेको हो ।

घटनापछि १२ मंसिर ०७३ मा झापा जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा ५ वर्ष कैद र पीडितलाई महिला तथा बालबालिका कार्यालयबाट ३० हजार रुपैयाँ क्षतिपूर्ती पाउने ठहर गरेका थियो । त्यस फैसलालाई उच्च अदालत, बिराटनगरले पनि १५ जेठ ०७५ मा सदर गरेको थियो । यद्यपि, तिम्सिना भने फरार थिए ।

पूर्वका विभिन्न जिल्लाका विकट स्थानहरुमा उनी लुकिछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, इलामको सहयोगमा उनलाई जिरोकिलोबाट पक्राउ गरेको सीआईबीका एसपी सानुराम भट्टराईले बताए ।

प्रवक्ता समेत रहेका भट्टराईका अनुसार तिम्सिनालाई फैसला कार्यान्वयका लागि इलाम जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय, इलाम पठाइएको छ ।

‘पछिल्लो समय बलात्कारका घटना बढिरहेको सन्दर्भमा फैसला भएर पनि लामो समयदेखि फरार रहेकाहरुको खोजीमा हामीले चासो दिएका छौं’, उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय