Monday, October 7, 2024

प्रहरी अंकल के हामी सुरक्षित छौं ? निर्माला पन्तको हत्याका दोषीलाई कारबाही माग गर्दै स्कूले बालबालिकाले सडकमा प्रर्दशन

spot_img

बर्दिबास : ‘प्रहरी अंकल के हामी सुरक्षित छौं,’ भन्दै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्माला पन्तको हत्याका दोषीलाई कारबाही माग गर्दै बर्दिबासमा स्कूले बालबालिकाले सडकमा प्रर्दशन गरेका छन् ।

पीडितलाई न्याय दिन प्रहरी, प्रशासन र सरकार  चुकेको भन्दै स्कूले बालिकाहरुले कडा विरोध प्रर्दशन गरेका छन् । निर्मालाका बलात्कारी तथा हत्यारालाई तुरुन्त पक्राउ गर, बलात्कारीलाई फाँसी दे लगायताका नारा लगाउँदै स्कूले विद्यार्थीले बर्दिबास चोकमा हातहातमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।

विद्यार्थीको विरोध जुलुसमा बर्दिबासका नगरिक समाज, युवा, व्यपारी, राजनीतिकर्मी स्वःस्र्फुत सहभागी भएका थिए । दुई महिना बित्न लाग्दा पनि बालिकाको ज्यान दिने दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासन चुकेको प्रति नागरिक समाजले कडा विरोध जनाए ।

विरोध साभामा बोल्दैं ग्लोबल एकाडेमी बर्दिबास कक्षा ८ मा अध्ययनरत छात्रा करुणा चौधरीले देशमा बालबालिका र महिलाहरुमाथि अपराध बढेको बताइन् । ‘दोषीलाई प्रहरीले पक्राउ नगरेपछि पढाई छोडेर न्याय माग्न सडकमा आएका छौं,’ करुणले भनिन्, ‘हामी हाम्रो लागि छौं, अरु कोही छैन । हामी बोल्यो भने मात्र न्याय पाउने अवस्था छ देशमा ।’

बलात्कारी जोगाउने प्रहरीलाई सरकारले मान–सम्मान र पदक दिएको कुरा सुन्दा आचार्य लागेको उनले बताइन् । बर्दिबास चोकको विभिन्न ठाउँ परिक्रमा गरेर सिन्धुली रोडमा कोण सभामा परिणत भएको विरोध जुलुसमा बोल्दै एभरेष्ट बोर्डिङ्ग स्कूल कक्षा ८ मा पढ्ने बालक पुरुषोत्तम बरालले नेपाल सुन्दर रहे पनि कानुन कमजोर हुँदा देशमा अपराध गर्ने अपराधीलाई मनोबल बढेको  उल्लेख गरे । ‘न हामी पुलिस हौैं न प्रधानमन्त्री,’ उनले भने, ‘हामी अपराधको विरोध गर्न आवाज उठाउन विरोध गरका हौं ।’

सरकार जनताको वुवा आमा रहेको बताउँदै बर्दिबासका स्थानीय शंकर फुयालले आफ्ना दुःख सडकमा आएर सरकारलाई सुनाएको उनले बताए । ‘अपराधीलाई कारबाही गर,’ उनले भने, ‘यो आवाज महोत्तरीबासीको मात्र होइन देशबासीको हो ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय