३१ भदौ, काठमाडौं । फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।
फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ । धेरै व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।