Wednesday, October 30, 2024

स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोपपछि सप्तरीका दुर्इ नगरपालिका विपद् क्षेत्र घोषित

spot_img

२९ भदौ, सप्तरी । स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर नगरपालिका क्षेत्रलाई आजदेखि विपद् क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्दार समितिको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको कञ्चनरुपका

मेयर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्‍याल परीक्षण गरी उनीहरुमा स्वाइन फ्लू र हङकङ फ्लु भएको पुष्टि गरेपछि  विपद् क्षेत्र घोषणा गरिएको हो ।

पछिल्लो दुई हप्तादेखि कञ्चनरुप र हनुमाननगर नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण तीन बालकसहित चारजनाको ज्यान गएको छ ।

१७ सयभन्दा धेरै बिरामी छन् । बिरामीहरुमा ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय