Monday, October 7, 2024

निर्मलाका बाबु भन्छन् : प्रधानमन्त्रीले सौतेलो व्यवहार गरे, हामीलाई न्याय देऊ

spot_img

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुले आफूहरुलाई प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको बताएका छन् । एपीवान एचडीको एपी टक टाइममा बिहीबार बिहान कुरा गर्दै उनले न्याय पाउने अवस्था नभएकैले आफू पत्नीसहित काठमाडौँ आइपुगेको बताए ।

प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुखेको बाबु यज्ञराज पन्थले गुनासो गरे ।

‘प्रधामन्त्रीले नै यसरी झुटो बोल्नु हुन्छ भन्ने लागेको थिएन, प्रधानमन्त्रीबाटै हामीले सौतेले व्यवहार भोग्नुप¥यो’, उनले भने, ‘हामीले न्याय पाउनै नहुने हामी इन्डियन त हौइनौँ, यही देशका नागरिक हौँ ।’

निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्यामा प्रहरीको ठुला मान्छेको संलग्नता रहेकैले यसरी ढाकछोप गरिएको बताइन् । ‘हामीले सुरुदेखि नै बम दिदीबहिनी बस्ने घरबाटै अनुसन्धान गर्नुपर्छ भन्यौ, सुरुमा हाम्रो कुरा समेत पुलिसले सुनेन, छोरी पोइल गइहोली भन्ने जबाफ दिए’, उनले भनिन्, ‘आईजीपी गएर पनि पुलिसकै मान्छे भए पनि छाड्दैनौँ भने तर अहिलेसम्म केही नगरेपछि न्याय खोज्दै काठमााडौँ आएका छौँ ।’

प्रहरी या अन्य शक्तिशाली मान्छे संलग्न भएकैले उनीहरुलाई जोगाउन चक्र बडू र दिलीपसिंह विष्टलाई प्रहरीले फसाउन खोजको बाबु दुर्गादत्तले बताए । ‘सुरुमा चक्र बडूलाई समातेर उसैविरुद्ध किटाणी जाहेरी दिन भनियो, त्यसपछि दिलीपसिंहलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेर हामीमाथि दबाब दिइयो’, उनले भने, ‘तर हामीलाई विश्वास नै थिएन, उनीहरुबाट यस्तो काम हुने कुरामा । रोशनी र बबिता बम बस्ने घरदेखि अनुसन्धान थालेर तत्कालीन एसपी डिल्लीराज विष्टसहितमाथि छानबिन गर्ने हो भने सबै कुरा बाहिर निस्किन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय