Monday, October 7, 2024

भड्किलो र खर्चिलो बनाउनु हुँदैन तीज : प्रधानमन्त्री तीजको शुभकामना

spot_img

२७ भादौ, काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

“तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभयो “यस पर्वले कहीँ न कहीँ महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानु पर्दछ ।”

प्रधानमन्त्री ओलीले बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले देशलाई एकताको सूत्रमा बाँध्ने भन्दै उनले यस्ता पर्वहरुको रखबारी गर्नुपर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय