Saturday, October 5, 2024

आज माल्दिभ्ससँग भिड्दै नेपाल

spot_img

२७ भदौ, एजेन्सी । आज साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । आज भन्दा करिब २ वर्षअघि यही मैदानमा माल्दिभ्सलाई पराजित गरी नेपालले इतिहास कोरेको थियो।

ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल फेरी अर्को इतिहास नजिक छ । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ । साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपालले ऐतिहासिक छलाङ लगाउन सक्ने हो वा होइन सबै फुटबलप्रेमीमा कौतुहलता बढ्न थालेको छ ।

सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल । नेपाल समूह ए को उपविजेता माल्दिभ्स समूह वि को विजेता जनावरी १९ का दिन भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भएको थियो ।

अहिले सम्म भएको खेलमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भयो तर दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरीसकेको छ ।

उता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेले र दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो भने भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय