नेपालको महिला र पुरुष टोलीले खेलकुदको ऐतिहासिक परम्परागत खेल खो-खोमा उल्लेखनीय सफलता हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन्। भारतीय उपमहाद्वीपको लोकप्रिय खेल खो-खोमा नेपालको यो उपलब्धि खेलकुदको क्षेत्रमा गर्वलायक मानिएको छ।
खो-खो खेल विशेषगरी टिमवर्क, सहनशक्ति र रणनीतिमा आधारित छ। यो खेल आयताकार मैदानमा खेलिन्छ, जहाँ दुई पोल र बीचमा सिट्ने स्थान हुन्छ। खेलका क्रममा एउटा टिमले पीछा गर्ने भूमिका खेल्छ भने अर्को टिमले आफूलाई ट्याग हुनबाट जोगाउने प्रयास गर्दछ। नेपालको पुरुष र महिला टोली दुवैले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन्।
खेलको इतिहासलाई हेर्ने हो भने, पहिलो खो-खो प्रतियोगिता १९१४ मा आयोजना गरिएको थियो। त्यसपछि १९५९ मा पहिलो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भयो। यो खेलले सन् १९३६ को बर्लिन ओलम्पिकमा प्रदर्शनी खेलको रूपमा स्थान पनि पाएको थियो।
महिला र पुरुष दुवै टोलीको फाइनल प्रवेशले नेपालको खेलकुद इतिहासमा एउटा नयाँ पाना थपेको छ। उनीहरूको यो उपलब्धिले सम्पूर्ण नेपाली खेलप्रेमीलाई गर्वको अनुभूति गराएको छ। फाइनलमा नेपालको प्रदर्शन अझ उत्कृष्ट हुने आशा गरिएकाे छ।