रासस, २६ भदौ, सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका १४ जुगेपानीका ५० वर्षीया प्रेमबहादुर कामीको ज्यान गएको हो ।
मंगलबार बिहान १ बजे घरमा चट्याङ परेको थियो । चट्याङ लागेर मृतक कामीकी श्रीमती खगिसरा घाइते हुनुभएको छ । चटेयाङ लागेर गोठमा रहेको २ ओटा गाई, एउटा गोरु र एउटा कुकुरकोसमेत ज्यान गएको प्रहरीले जनाएको छ ।